आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा एक पुरुष मृत फेला


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०८३
  • 79
    SHARES
काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयले कारमा आगलागी भएको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा कारभित्र एक पुरुष जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिरहेको छ। कारमा आगलागी कसरी भयो, यो दुर्घटना, आत्महत्या वा अन्य कुनै आपराधिक घटना हो भन्ने विषयमा अनुसन्धानपछि मात्र यथार्थ खुल्ने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)