सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयको विरोध


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०८३
  • 8
    SHARES

काठमाडौँ –  सुरुङमार्ग उद्घाटनको तयारी भइरहेका बेला चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दा भने आफ्ना माग पूरा गराउन दबाब दिँदै सडकमा उत्रिएका छन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।

आयोजनाबाट प्रभावित स्थानीयले सुरक्षाका लागि आकाशेपुल निर्माण गर्नुपर्ने र सडक पेटी विस्तार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले आयोजना प्रभावितलाई रोजगारीको सुनिश्चितता गर्नसमेत सरकारसँग माग गरेका छन्।

 

 

त्यस्तै, पैदलयात्रुको सहजताका लागि पर्याप्त जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ। यसैगरी, फ्लाई ओभर निर्माणको काम तत्काल अघि बढाउनुपर्ने र त्यसको नाम ‘किसिपिडी फ्लाई ओभर’ राख्नुपर्ने माग पनि स्थानीयले अघि सारेका छन्।

सुरुङमार्ग सञ्चालनमा आउन लागेकोमा खुसी भए पनि आयोजना निर्माणका क्रममा प्रभावित भएका स्थानीयका समस्या समाधान नगरी उद्घाटन मात्रै गर्न नहुने उनीहरूको भनाइ छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिँदैछ। मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा निर्माण गरिएको परियोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहितका अधिकारीको उपस्थितिमा हुने कार्यक्रम छ।

निर्माण सम्पन्न भएसँगै सुरुङमार्ग निर्माणपक्षले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)