सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा अलपत्र परेका तीन सय अमेरिकी पर्यटकलाई स्वदेश फर्काइयो


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 817
    SHARES

नेपालस्थित अमेरिकी दुतावासले नेपालका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर  स्वदेश फिर्ता लगेको हो ।

पोखरा, मुस्ताङ र लाङटानमा समेत रहेका केही अमेरिकी नागरिकहरुलाई आन्तरिक उडानबाट काठमाडौ ल्याएर विवरण संकलन गरी स्वदेश फर्काइएको हो । स्वदेश फर्कनेहरुमा कुटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि रहेका छन् ।

कतार एअरवेजको विमान चार्टर गरी अमेरिकी नागरिक, नेपाली मूलका अमेरिकी नागरिकहरु गरी तीन सय जनालाई स्वदेश फर्काइएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ।

स्वदेश फर्काउन नेपालस्थित अमेरिकी दूताासले गरेको प्रयासप्रति अमेरिकनहरुले खुशी व्यक्त गरेका छन् ।

उनीहरले लकडाउनका कारण आफ्ना पूर्वनिर्धारित तालिका अनुसार गन्तव्यमा पुग्न नसकेर अलपत्र परेपनि दुतावासले समन्वय गरेर सहयोग गरेर घर जना पाएकोमा खुशी व्यक्त गरेका हुन् ।

स्वदेश फर्काउन अघि उनीहरुलाई अमेरिकी भिसा समन्वय केन्द्रमा विवरण संकलन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)