नेपाल वायुसेवा निगमले पहिलो पटक अस्ट्रेलियाको विसवेन शहरमा चार्टर उडान गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले लकडाउन गरेपछि अलपत्र परेका अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रुहरु लिएर निगमको वाइडबडी जहाज त्यस तर्फ गएको हो ।
निगमका अप्रेशन विभाग प्रमुख दिपु जुहार्चनले २५७ जना यात्रु लिएर जहाज उडेको जानकारी दिए । जहाजलाई ६ जना चालक दलसहित २४ जनाको टोली छ ।
उनले जहाज मलेसियाको क्वालालम्पुर हुँदै विश्वेन जाने र बिहीबार राति १० बजेर ५५ मिनेटमा नेपाल फर्कने बताए । नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई घर फर्काउन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेको हो ।
