मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २४, २०७६
  • 992
    SHARES

सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारसंग माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अस्पताल र स्वास्थ्य कार्यालयलाई विनियोजन गरिएको बजेट कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन प्रयोजनका लागि व्यवस्थित रुपमा खर्च गर्ने, राहत सामग्रीहरु स्थानीय तह मार्फत् एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)