बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड १९ को प्रकोपबाट नेपालको अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि आफ्नो प्रयास रहने गर्भनर अधिकारी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 796
    SHARES

राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त महाप्रसाद अधिकारीले पदभारको शपथ लिएका छन् । मंगलवार सर्वोच्च अदालत पुगेर उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट शपथ लिएका हुन् ।
शपथ ग्रहणपछि राष्ट्र बैंकको प्रांगणमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले अहिले कोरोनाले विश्व अर्थतन्त्र नै संकटमा परेका अवस्थामा नेपालको वित्तीय स्थिति सन्तुलनमा राख्न आफू अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू यसअघि नै राष्ट्र बैंकको क्याडरको रूपमा काम गरेर आइसकेको हुनाले टीमसँग मिलेर अघि बढ्न सहज हुने भनाइ छ ।
अहिलेको विषम परिस्थितिमा राष्ट्र बैंकले गर्न नसकेको काम अरू कसैले गर्न नसक्दै धारणा राख्दै उनले राखेका छन् । साथै सम्भाव्य संकटको सामना गर्दै देशलाई आर्थिक स्थायित्व दिन आफू सक्रिय रहने बताएका छन् ।

उनले चुनौतीलाई अवसरको रूपमा लिएर अघि बढ्न आफू तयार रहेको भन्दै उनले अहिले कोभिड १९ को प्रकोपबाट नेपालको अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि आफ्नो प्रयास र पहल जारी रहने उद्घोष गरेका छन् ।

आफूले ३ वर्षअघि महाभूकम्प गएको बेला पनि राष्ट्रिय अर्थतन्त्रका लागि महत्वपूर्ण काम गरेको उनले स्मरण गरे । ‘नेपाल राष्ट्र बैंकसँग आफैमा एउटा बलियो टीम छ,’ उनले भने, ‘कोरोना भाइरसको महामारीले अर्थ व्यवस्थामा ल्याउन सक्ने असर रोक्न र हाम्रो टीम प्रतिबद्ध हुनेछ ।’ साथै, बैंकहरूको ब्याज, राहत लगायत विषयमा पनि केही रणनीति ल्याइने संकेत उनले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)