बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल उधोग वाणिज्य महासंध व्दारा प्रत्येकलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 748
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य संघहरुमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले देशभर रहेका एक सयभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघलाई प्रत्येकलाई रु ५० हजारका दरले सो रकम उपलब्ध गराइने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

देशका जिल्ला तथा नगर संघहरुमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताउनुभयो ।

यसैगरी महासंघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहात कोषमा रु ५० लाख सहयोग गरेको छ ।

नेपाल सरकारद्धारा स्थापित सो कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको महासंघले जनाएको छ । महासंघले उक्त रकमका अतिरिक्त केही खाद्यान्नलगायतका सामग्रीहरु पनि सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)