बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 384
    SHARES

नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत २०७६ देखि २०७७ वैशाख ४ गतेसम्म बढाएको हो ।

सो अवधिमा जिएसएम सेवामा डाटा प्याकअन्तर्गत पहिलो प्याकेजमा रु १०० मा एक जिबी डाटा खरिद गर्दा तीन जिबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा पाँच दिनभित्र खपत गर्नुपर्नेछ ।

त्यसैगरी दोस्रो प्याकेजमा रु २०० मा दुई जिबी डाटा खरिद गर्दा आठ जिबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा सात दिनभित्र खपत गरिसक्नुपर्दछ । यसरी रु १०० मा बोनससहित कूल चार जिबी र रु २०० मा बोनससहित १० जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले आज एक विज्ञप्ति जारी गरी जनाएको हो ।

कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जिएसएम र सिडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सोअन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु १०० मा सात दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }