शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा पुनः किरणकुमार श्रेष्ठ नियुक्त


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 529
    SHARES

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः किरणकुमार श्रेष्ठको नियुक्ति भएको छ। बैंक सञ्चालक समितिको बिहीबारको बैठकले ४ वर्षका लागि श्रेष्ठलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याउने निर्णय गरेका हुन् ।

सञ्चालक समितिले उनको ४ वर्षे कार्यकालको मूल्यांकन गरेकोमा कार्यसम्पादन मूल्यांकनअनुसार उत्कृष्ट काम भएको पाइएपछि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्थाअनुसार दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरिएको जनाइएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा बैंकका सिइओ तथा सञ्चालक समितिका सदस्यले बढीमा दुई कार्यकाल काम गर्न सक्ने व्यवस्था छ।

बैंक सञ्चालक समितिका सदस्य धनिराम शर्मा नेतृत्वको तीन सदस्सीय समितिले श्रेष्ठको कार्यसम्पादन मूल्यांकन गरेको गरेको थियो। उनीसँग माग गरिएको बिजनेस प्लानको मूल्यांकन पनि यही समितिले गरेको थियो। कार्यसम्पादन मूल्यांकन तथा बिजनेस प्लानको मूल्यांकनका आधारमा उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

चार वर्षअघि केपी शर्मा ओली नेतृत्वकै सरकार रहेका बेला वाणिज्य बैंकमा उनको नियुक्ति भएको थियो। पूर्ण सरकारी स्वामित्को बैंकले गत आर्थिक वर्षमा सरकारलाई १२ प्रतिशत लाभांश दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }