मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सीमामा सतर्कता र परीक्षणमा तदारुकता देखाउन मुख्यमन्त्री राउतको निर्देशन


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 502
    SHARES

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानामा सतर्कता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री निवासमा आज सम्पन्न प्रदेशको प्रतिपक्षीदलका नेतासहितको निर्देशक समितिको बैठकमा मुख्यमन्त्री राउतले सुरक्षा निकायका पदाधिकारी एवं स्वास्थ्यक्षेत्रका सम्बन्धित पदाधिकारीलाई उक्त निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री राउतले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिनु भएको मुख्यमन्त्रीका प्रेस संयोजकले जानकारी गराउनुभएको छ ।

मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणको लागि रकमको कुनै आभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कार्यान्वयको पाटोमा कुनै पनि प्रकारको कमी हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा मुख्यमन्त्री राउतका साथै प्रदेशका मन्त्री, प्रदेशसभाको प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामसरोज यादव, नेकपाका प्रदेशसभा सदस्य शत्रुधन महतो, प्रमुख सचिवलगायत मन्त्रालयका सचिव, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारी, चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखको उपस्थिति थियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }