शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कामदार अभावले उद्योग सञ्चालनमा सकस


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 442
    SHARES

अत्यावश्यक वस्तु उत्पादन गर्नेहरू उद्योग लकडाउनका बेलामा पनि सञ्चालन गर्न कामदार अभावले समस्या भएको उद्योगी व्यवसायीले बताएका छन् । कर्मचारी एवं श्रमिक अभावले यस्ता उद्योगहरू आंशिक क्षमतामा मात्र चलिरहेको उनीहरूको भनाइ छ ।

कोरोना भाइरस संक्रमणको जोखिमले घर फर्किएका कामदार उद्योगसम्म आउने वातावरण नबन्दा समस्या देखिएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए । गाउँमा भएका कामदारलाई परिवार, आफन्त तथा छरछिमेकले उद्योग फर्कन प्रोत्साहन नगर्दा र कतिपय प्रदेश तथा स्थानीय तहको पछिल्लो निर्णयबाट एक प्रदेश, जिल्ला र स्थानीय तहबाट अर्कोमा जान रोक लगाइएकाले पनि समस्या भएको उनको भनाइ छ ।

कोरोना रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन अवधिमा पनि खाद्यान्न, औषधि जस्ता अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको थियो । कोरोनाको बढ्दो महामारीलाई ध्यानमा राख्दै उद्योगभित्रै स्वास्थ्यका मापदण्ड पूरा गरी कामदारलाई सुरक्षित राखेर उद्योग चलाउन दिइने भनिएको छ । यस्तै, स्थानीय प्रशासनले आवागमनलाई बाहिरै रोकेर उद्योगभित्र नै कामदार राखेर उद्योग सञ्चालन गराउने व्यवस्था बनाउनुपर्ने उल्लेख भए पनि यसको कार्यान्वयन हुन सकेको छैन ।

लकडाउन जारी रहे पनि केही अत्यावश्यक उद्योग सञ्चालनमा पनि छन् । तर, पर्याप्त कामदार र कच्चापदार्थ नहुँदा ती उद्योगबाट क्षमता अनुसारको उत्पादन नभएको उद्योगीहरू बताउछन् । साथै, कामदारलाई उद्योगभित्र नै राख्न पनि आवासको समस्या हुने उनीहरूको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले हाल सबै उद्योग सञ्चालन ल्याउन चुनौतीपूर्ण रहेको बताए । सञ्चालित उद्योगले पनि क्षमताअनुसार उत्पादन गर्न नसकेको उनको भनाइ छ । लकडाउनको तथा कोरोनाको त्रासलाई दृष्टिगत गर्दै नेपाल विद्युत् प्राधिकणले रातिमा उद्योग सञ्चालन गर्दा खपत हुने विद्युत् महशुलमा ५० प्रतिशत छूट दिने भनेको छ । तर, कामदारको अभावले उद्योग सञ्चालन हुन नसक्दा उद्योगीले सो सुविधा लिन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }