मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 868
    SHARES

नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो ।  पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)