शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत प्याकेज घोषणा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 618
    SHARES

जनकपुर,  कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरीब तथा दैनिक ज्यालादारीका मजदूरहरूका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आइतवार सम्पन्न  बैठकले  लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई ध्यानमा राखेर प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको छ ।

स्थानीय तहहरूले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरूको विवरणको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरीद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।

स्थानीय तहले बुझाएको विवरणमा कुनै समस्या देखिए जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरूले छानबिन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरण खरीद ६८ करोड रुपैयाँ निकासा गरेको छ । उक्त रकमले थप पीसीआर मेशिनसहितका अन्य उपकरण खरीद गरिने बताइएको छ । यस्तै नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोनाका बिरामीका उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }