मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राहतमा कुहिएको दाल वितरण गर्ने मेयरसहित १० जना पक्राउ


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ९, २०७७
  • 906
    SHARES

रौतहट । गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई राहतका रुपमा कुहिएको दाल वितरण गरेको भन्दै प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लक डाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई राहतका रुपमा कुहिएको दाल वितरण गरेको आरोपमा मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

कुहिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो ।

प्रहरीले यसअघि नै ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ । मेयर यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले तयारी गरेको छ ।

मेयर यादव पूर्वसांसद राधेचन्द्र यादवका छोरा समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)