बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अध्यादेशहरु फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघको देशभरी प्रदर्शन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 606
    SHARES

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले जारी गरेका अध्यादेशहरु फिर्ता गर्नुपर्ने माग गर्दै देशभरी प्रदर्शन गरेको छ ।

सरकारले सोमबार जारी गरेका अध्यादेशहरु फिर्ताको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । लक डाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । सरकारले जारी गरेका अध्यादेश विरुद्ध लक डाउनको पालना गर्दै सामाजिक दुरी कायम गरी सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघ महामन्त्री युवराज पाण्डले बताउनुभयो । सिंगो देश कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लडिरहेका बेला सरकारले आफ्नो स्वास्र्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको आरोप उहाँले लगाउनुभयो । राजनीतिको फोहोरी खेल खेल्न सरकारले असंवैधानिक र अराजनीतिक तरिकाबाट दुईवटा अध्यादेश ल्याएको उहाँको आरोप छ । सरकारले दुबै अध्यादेश फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो ।

जनताक अधिकार हनन गरी अधिनायकवाद लाद्न खोजे आन्दोलनमा उत्रिने चेतावनी पनि नेविसंघले दिएको छ । अफ्ठ्यारोमा सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै महामन्त्री पाण्डेले सरकारका गलत काम, भ्रष्टाचार, अनियमितता लगायतका विषयमा सधै खवरदारी जारी रहने बताउनुभयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको अभिभावक भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गर्नुभएको छ । ‘अध्यादेश खारेज गर, विधिको शासन लागु गर, विधिको तन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद’ जस्ता नारा लगाउँदै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)