शुक्रबार, बैशाख २८, २०८१

यो वर्ष आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १७, २०७७
  • 588
    SHARES

काठमाडौं । चालु आर्थिक वर्ष ०७६०७७ मा नेपालको आर्थिक विस्तार खुम्चिने भएको छ । केन्द्रीय तथ्याँक विभागले आधारभूत मूल्यमा आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले साढे २ प्रतिशत हारहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका बेला तथ्याँक विभागले सो भन्दा कम हुने अनुमान सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षमा सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । ७ देखि ९ महिनाको आर्थिक आँकाडा तथा सुचाँकहरुका आधारमा यो लक्ष्य अनुमान गरिएको विभागले जनाएको छ ।

विभागले गत आर्थिक वर्षमा ६.७५ र अघिल्लो वर्षमा ६.३५ प्रतिशत वृद्धि भएको जानकारी दिएको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीको असर नेपालको अर्थतन्त्रमा पर्दा आर्थिक विस्तार खुम्चिन पुगेको विभागको भनाई छ ।

सबैभन्दा बढी पर्यटन र हवाइ क्षेत्रमा परेकाले चालु आर्थिक वर्षको अन्तिम अर्थात असारसम्म कोरोनाको असर कायम रहने आधारमा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को प्रक्षेपण गरेको विभागले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा जीडीपीमा कृषिको २७.६५ र गैरकृषि क्षेत्रको ७२.३५ प्रतिशत योगदान रहेको अनुमान गरिएको छ । यो वर्ष कृषिको २.५९ र गैरकृषि क्षेत्रको २.२७ प्रतिशत वृद्धि हुने अनुमान विभागको छ । उत्पादनमुलक क्षेत्रले जीडीपीमा ५ प्रतिशत योगदान दिएको अनुमान छ ।

उद्योग क्षेत्रको वृद्धि ऋणात्मक हुने अनुमान गरिएको छ । यो वर्ष उद्योग क्षेत्रको विस्तार २.२७ प्रतिशतले ऋणात्मक हुने देखिएको छ । विद्युत, ग्याँस र पानी क्षेत्रको जीडीपीमा १.४१ प्रतिशत योगदान रहेकोमा आगामी आर्थिक वर्ष २८.७५ प्रतिशत बढ्ने प्रक्षेपण विभागको छ ।

जीडीपीमा ७.२३ प्रतिशत योगदान रहेको निर्माण क्षेत्र खुम्चिएर यो वर्ष ०.३१ प्रतिशत ऋणात्मक हुने देखिएको छ ।  जीडीपीमा १३.९१ प्रतिशत हिस्सा रहेको थोक तथा खुद्रा व्यवसाय २.११ प्रतिशत मात्र बढ्ने देखिएको छ ।

जीडीपीमा १.४१ प्रतिशत हिस्सा भएको होटल तथा रेष्टुरेन्ट कोभिडको कोपभाजनमा परेर १३.८१ प्रतिशत ऋणात्मक हुने अनुमान विभागको छ ।

यस्तै जीडीपीमा ६.४२ प्रतिशत योगदान रहेको यातायात, सञ्चार तथा भण्डारनमा यो वर्ष २.४५ प्रतिशत ऋणात्मक हुने देखिएको छ । वित्तीय मध्यस्तकर्ता क्षेत्र ५.१५ प्रतिशतले बढ्ने अनुमान छ ।

रियलस्टेट, रिटेनिङ क्षेत्र ३.२५, सार्वजनिक प्रशासन तथा रक्षा ५.९१, शिक्षा ४.८, स्वास्थ्य तथा सामाजिक कार्य ७ प्रतिशत वृद्धि हुने विभागको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }