बिहिबार, बैशाख २७, २०८१

नेकपामा शुरु भयो अंक गणितिय खेल


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १७, २०७७
  • 508
    SHARES

काठमाडौं । सत्तारुढ नेकपामा चर्किदै गएको बिबाद अब हस्ताक्षर सङ्कलन सम्म पुगेको छ । प्रधानमन्त्री केपि शर्मा ओलिसग अशन्तुष्ट नेताहरुले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्री हटाउनेसम्मको तयारीपछि ओली पक्षले बालुवाटारमै सांसदहरुको हस्ताक्षर संकलन शुरु गरेको हो ।

अहिले संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि सांसदहरु बालुवाटारमा भेला भएका छन् । पछिल्ला केहि दिन देखीनै प्रधानमन्त्री ओलि संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन प्रयासरत रहेका थिए ।

बहुमत जुटाउनको लागि ओलीले सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, किसन श्रेष्ठ, विजय सुब्बा, नवराज सिलवाललगायतलाई खटाएका छन् । प्राधानमन्त्री ओलिको पक्षमा नेकपाका बहुमत सांसद्ले हस्ताक्षर गरिसकेको बताइएको छ ।

ओलिसंग असन्तुष्ट रहेका बामदेब गौतमले समेत ओलीलाइ भित्र भित्र सघाइरहेको बुझिएको छ । गौतमनिकट भनिएका गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर राना, रामवीर मानन्धरलगायत सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

त्यसै गरी पूर्व सभामुख कृष्णबहादुर महराले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा महरा ओलीको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }