शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रीत भएर बजेट आउनुपर्ने: भीम रावल


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 403
    SHARES

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रीत भएर बजेट आउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतीहरु केन्द्रीत गरी बजेट ल्याउनुपर्ने बताउनुभएको हो । देश र जनता सुरक्षीत नभइ कुनै पनि काम अगाडी बढ्न नसक्ने उल्लेख गर्दै राववले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको बताउनुभयो ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तका छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेम्म कुनै काम सुरु नभएको उहाँले बताउनुभयो ।

पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहेपनि अहिले सबै भन्द रहेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माण लगायत व्यक्तिगत आवश्यक उपकरणहरुको प्रवन्ध गर्ने नीति अघि सार्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कालापानी क्षेत्रमा नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा बुझेका हौँ । तर अहिलेसम्म काम सुरु भएको छैन् । सीतापुलमा भारत र तिंकरमा चीनसँगको भन्सार पञ्चायतकालमा समेत सञ्चालनमा थियो । नीति र सिद्धान्त राष्ट्रिय सुरक्षामा केन्द्रीत हुन्छ भने यी कुराहरुलाई केले रोकेको छ ।’’

ग्रामिण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्थामा भारतबाट ट्रकका ट्रक सडक नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यी कुराहरु समेट्न गम्भिरता देखाउनुपर्ने बताउनुभयो ।

सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारेपनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रसय दिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }