आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बजेटको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 1.2K
    SHARES

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७–२०७८ को बजेट निर्माणलाई तीब्र बनाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनकै बीच बजेट निर्माणका लागि सरोकारवालाहरुसँग सुझाव संकलन र मन्त्रालयहरुबीच आन्तरिक छलफल भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिए ।

कोरोना भाइरसका कारण उतपन्न्न समस्याबाट प्रदेशलाई माथि उकास्ने गरि बजेट ल्याउने उनले जानकारी दिए । निर्माण आयोजनासँगै स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिइने बताइएको छ। बजेटको आकार पनि चालु वर्षको भन्दा केही बढ्ने अनुमान गरिएको छ । झन्डै ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।

चालु वर्षमा प्रदेश सरकारले २८ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालु तर्फ १२ अर्ब ५७ करोड र पुँजीगत तर्फ १३ अर्ब ८ करोड रुपैयाँ बिनियोजन गरिएको थियो । तर हालसम्म चालु बजेट ३ अर्ब ३३ करोड र पुँजीगत बजेट २ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ।

केन्द्र सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }