आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हाम्रो महाकाली -कविता


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ६, २०७७
  • 934
    SHARES
                                         हाम्रो महाकाली -कविता
पूर्खाले अर्जेको बृहत् नेपाल
हामीले गुमायौं
हामरा खुँडा खुकुरी तर्वार
सतलजमा धोएथ्यौं
वीरका संतान नेपाली हामी पर्र्यौं
शत्रुको जालमा
त्यसैले भयो सुगौली सन्धि
कम्पनीको दवावमा !
पश्चिमी नेपाल महाकाली हाम्रो मुटुको
धड़कन हो
हाम्रा पूर्खाले तोकेको सीमा लिम्पियाधूरा
नै हो
नेपाली हामी पछि पर्दैछौ देशको
नक्शा कोर्नमा
एंग्लो इण्डिया सुगौली संधिले ध्यान
गएन नक्सामा !
हाम्रा पूर्वज शासक वर्ग सत्ताको
खेलमा लाग्यौ
नक्सा वनाउन थर्थर् काप्यौ देशको
अस्मिता बिर्स्यौ
देशको प्राण लिम्पियाधूरा लिपुलेक
बिर्सन खोज्यौ
त्यसैले हाम्रो मुटुको धड़कन कालापानी
सुम्पन लाग्यौ ?
हामी नेपाली वीरका संतान मेची
महाकाली जागौ
हामरो भूमि एक इन्च पनि नछोडने
वाचा गर्यौं
शासक जागे समाज उठ्छ हाम्रो
धड़कन बढ्छ
हामरो जोस हामरो होस राष्ट्रको
हितमा आउँछ !
वीरका संतान ओजस्वी हामी नयॉ
नेपाल गढ्छौ
नेपालै नरहे जनता हामी कुन देशका
रैती बन्छौं ?
त्यसैले आज मनको भाव जगज़ाहिर
सवै गर्यौं
सवैको मुटु एक ढिक्का गरी बैरीको
नाश गर्यौ !
सीमा सुरक्षा अक्षुण्ण राख्न सवको
साथ चाहिन्छ
त्यसैले हाम्रो अचुक शक्ति जनचेतना
नै मानिन्छ
हाम्रा पूर्खाको दिवा सपना नेपाल
बनोस महान
हाम्रो संप्रभु हाम्रो अधिकार विश्वमा
नेपाली महान !
                                                                                     अस्तु:-
                                                                                कवि डन कार्की
                                                                         लस् एन्जेलस क्यालिफोर्निया यु एस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }