आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ : डा. रवीन्द्र पाण्डे


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १६, २०७७
  • 1.1K
    SHARES

कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ | बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन् | हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आबश्यक छ ।
– PCR परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने | संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने ।
– होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी बनाउने ।
– कोरोना संक्रमण पोजिटिभ हुँदैमा अस्पतालमा भर्ना नगर्ने । होम आइसोलेसन वा सेल्फ आइसोलेसनको ब्यबस्था गर्ने । ९० % भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफै निको हुन्छ । सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने । यसो गर्दा संक्रमितलाई घरेलु बाताबरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ । घरमा आइसोलेसनको बाताबरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने ।
– सास फेर्न गाह्रो हुने लगायतका अन्य गम्भीर लक्षण देखिएमा तोकिएको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना गरेर उपचार गर्ने ।
– संक्रमण जिरो देखिएका जिल्लामा मात्र RDT टेस्ट गर्ने । त्यहाँ RDT टेस्ट पोजिटिभ देखिएमा PCR टेस्ट बढाउने । RDT लाई जबर्जस्ती बिस्तार नगर्ने ।
– मृतकमा कोरोना संक्रमणबाहेक कुन कुन दीर्घरोग थियो तथा कुन अवस्थाले मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्दा आम नागरिक डराउने बातावरण एकदम न्यून हुन्छ ।
– रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि संचार माध्यममा सामाजिक दुरी, मास्कको सहि प्रयोग, रोगप्रतिरोधात्मक क्षमता बढाउने उपाय लगायतको प्रभावकारी सामग्री निर्माण, प्रकाशन / प्रसारण गर्ने ।
– मौसमी रुघाखोकी, अन्य फ्लु तथा कोरोना संक्रमणका लक्षणको फरक सुचित गर्ने ।
– भारत वा अन्य देशबाट नेपालीलाई सिमानाका PCR Test गरेर संक्रमितलाई क्वारेन्टाइन र स्वस्थलाई आफ्नो थातथलो पठाउने ।
– जनस्वास्थ्य चेतना निकै फितलो छ । तसर्थ उठेका हरेक इस्युलाई दैनिक सम्बोधन गर्ने तथा पर्याप्त जनस्वास्थ्य चेतनाको कार्यक्रम संचालन गर्ने ।
– आम नागरिकलाई कोरोना भाइरससंग आफ्नो जीवन सुचारु गर्न प्रशिक्षित गर्ने ।
– खोप, नसर्ने रोग / दीर्घरोगको परीक्षण तथा उपचारको प्रबन्ध मिलाउने ।
– अस्पतालहरुलाई संक्रमणबाट सुरक्षित राख्ने । स्वास्थ्यकर्मीलाई गुणस्तरीय तथा पर्याप्त PPE को ब्यबस्था गर्ने ।
– सुरक्षित प्रसव र शल्य क्रियालाई ग्यारेन्टी गर्ने ।
– मनोपरामर्श सेवालाई हरेक स्थानीय निकायमा पुर्याउने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }