आइतवार, बैशाख ३०, २०८१

संक्रमितले भरियो बारामा रहेको एक मात्र कोरोना अस्पताल


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 790
    SHARES

बारा। बारामा रहेको एक मात्र कोरोना अस्पताल भरिएपछि अब के गर्ने भन्ने चिन्ता थपिएको छ । गत बैशाख १७ गते पहिलो पटक दुई जना संक्रमित भेटिएको बारामा त्यसयता दैनिक रुपमा संक्रमित बढिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिभिन्न स्थानीय तहका क्वारेन्टाईनमा एक हजार दुई सय ८७ जना छन्, स्वाब संकलन गरेर परिक्षणका लागि पठाईएका तीन सय जनाको रिपोर्ट आउन बाँकी छ ।

तर जिल्लामा अव थपिने संक्रमितको उपचारका लागि आईसोलेसन तयारी अवस्थामा छैन । ‘संक्रमणको अहिलेको अवस्था हेर्दा जिल्लामा अझै ८० देखी ९० जनासम्म संक्रमित बढ्न सक्ने आंकलन गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नयाँ संक्रमितको उपचार गर्ने ठाउ अस्पतालमा नरहेको जानकारी दिनुभयो ।

पछिल्लो समय सिमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टाईनमा राखिएका आधाजसो व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । भारतसँग खुला सिमाना भएका कारण जिल्लाका बिभिन्न स्थानीय तहमा लुकिछिपि मानिस प्रवेश गर्ने क्रम पनि रोकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }