सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जीवनको लय-कविता


  • माउन्टेन खबर
  • सोमवार, असार १, २०७७
  • 1.3K
    SHARES
  • जीवनको लय

गाह्रो हुन्छ
पुतली भई
झुसिलकिरोबाट उड्न !

कमललाई हिलोमा फुल्न !
उज्यालोलाई रात चिर्न !

निकै गाह्रो हुन्छ ।

ऋतु ऋतु हुँदै
खण्ड खण्डमा
प्रकृति फेरिन
गाह्रो हुन्छ !

र त कमल

कमल भएको छ

फूलमा पनि फूल !
र त दिन
दिन कहलिएको छ
उज्यालोको पराकाष्टा !

अनि
प्रकृति –
प्रकृति त मातृत्वकै अवयव :
सरल हुन्छ र प्रसव बेदना ??

कालसित नारिदै
जीवन उभिनुको पिडा

फूललाई सोध्नु
उज्यालोलाई सोध्नु!

हावाको झटारोलाई
आलिङ्गन गर्दै 
बेफिक्री मुस्कुराईरहेका
अन्न बालाहरुलाई लाई सोध्नु!

बहन पनि गाह्रो हुन्छ
बग्न पनि गाह्रो  हुन्छ

ठोक्किएर पहाडपहाडमा
बेलगाम आकाशिँदै
बताशले
काला बादलह छास् नु-
सोहोदै बगरका सिनोहरु 
रेटिदै पत्थरका धारहरुमा
नदि
स्वयं एउटा निश्र्चित लय बन्नु

गाह्रो हुन्छ !

भरोसाका भित्ता 
र धुरीहरुमा

उभ्याईछोड्छन् गौथलीहरु

बिश्वासको  गुँड!

गुलेलीका ताकहरु छल्दै
श्रम फुलाउनु
गाह्रो हुन्छ !

मुस्किलहरुसित
निमेसनिमेस भिड्दै

सग्लो उभिनु नै
जीवन हो !

कहाँ सजिलो छ र बाँच्न
निकै गाह्रो छ

र त जीवन 
जीवनजस्तो छ ,
आफ्नै छ
नदिको झै निश्र्चित
जीवनको लय!

-बाबा बस्नेत

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }