शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप ४ सय २१ जना कोरोनाको नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो


  • माउन्टेन खबर
  • आइतवार, असार ७, २०७७
  • 337
    SHARES

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो ।

असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो । लक डाउनकै समयमा उपचारका लागि भारत गएका ति पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)