शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४,कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०७७
  • 799
    SHARES

 

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताउनुभयो । सोमबार उनको मृत्यु भएको हो । ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार मंगलबार ९० महिलासहित ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)