सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

थाहा छैन – कविता 


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०७७
  • 870
    SHARES
  • थाहा छैन – कविता 

 म को हुँ ?
आजसम्म मैले
मैलाई चिनेको छैन
के दिऊँ म अरूलाई
मेरो परिचय ?
जुन परिचयले
कतै केही अर्थ नै राख्दैन !
कता हिँड्नुपर्ने हो ?
मैले मेरै बाटो चिनेको छैन
कसरी देखाउन सक्छु — म
अरू अरूको बाटो ?
ज्ञानको भोकले जति भा¹तारिए पनि
जे प्राप्त भए
ती पनि
गुदीविनाका
बन्दाका पत्रतुल्य रहे
प्याजका बोक्रातुल्य रहे !
भुसको बोरा बन्दै
अज्ञानै अज्ञानको पहाडले थिचिएर
यस धरातलमा — म
ज्ञानी बनेको अभिनय गर्दै
कति दिन टिक्न सक्छु ?
ज्ञानै ज्ञानका सागरहरूका बीच
कतिन्जेल बिक्न सक्छु ?
महापुरुषको कुनै तस्बिर हैन — मेरो
त्यो सजाउन
सानै भए पनि पुग्छ — फ्रेमको घेरो !
युगले सिँढी चढे पनि
शासनले कोल्टे फेरे पनि
म सध¹को याचक हुँ !
त्यसैले,
निरन्तर न्यायको भिक्षा मागिरहेको छु
निरन्तर शान्तिको भिक्षा मागिरहेको छु
रोग, भोक, शोक र अभावै अभावले पिल्सिँदै
दाता कुनै देवताहरूसित !
छातीमा तिलस्मी स्वतन्त्रताको
सपना सजाएर
जीवनको भिक्षा मागिरहेको छु !
यात्रामा —
पाइला कति उचालिए ?
पाइला कति पछारिए ?
कुनै हिसाब छैन — मसित !
ओठहरूले कति मुस्कान बोके ?
आँखाहरूलाई कति भल आएर छोपे ?
कुनै लेखा छैन — मसित !
छ भने, मात्र अज्ञान छ
यति भने ज्ञान छ — मसित !
जन्मने हतारले
सायद गर्भमै छुटेछ कि — मेरो कम्पास !
नत्र साना बच्चाहरूकै
प्रश्नहरूका उत्तर
किन पत्ता लगाउन सक्दिनँ — म !
कुनै ज्ञानले पाकेको कहाँ हो र —
मेरो केश ?
ऐना जति हेरे पनि
यसमा घामले सुकेको
काँसको प्रतिरूपमात्र भेट्छु — म !
ज्ञाताहरू भन्छन् —
चौरासी लाख जन्मको
म मान्छे
मात्र एक जन्म हुँ
हुँ कि त ! थाहा छैन !
आएको कताबाट ?
बस्ने कहाँ ? कति ?
जाने कता ? त्यो पनि थाहा छैन !
भाषाहरू छन्
ओठहरू छन्
अक्षरहरू छन्
आंखाहरू छन्
के यिनले रचेका जालहरू
ज्ञानका अमूल्य रत्न हुन् ?
तर्कहरू छन्
कुतर्कहरू छन्
के यिनले कसेका मुठ्ठीहरू !
ज्ञानै ज्ञानका सागर हुन् ?
के यिनले पहिरिरहेका
खादा र मालाहरू
प्रज्ञानताका पहिचान हुन् ?
विद्वान् र विशिष्टताका विशेषता
कि दन्तबझान हुन् ?
किन बल्दैन — हँ
अरू अरूको झैं
कहिल्यै मस्तिष्कको तार मेरो ?
प्यास लागे पानी पिइदिन्छु
भोक लागे अन्न निलिदिन्छु
तंग्रिए उठिदिन्छु
गले ढलिदिन्छु
मालिक कसले मलाई गर्न लगाउँछ —
तमाम यी काम ?
अज्ञानी सेवक मलाई
केही थाहा छैन !!

युवराज मैनाली

८८८,धुम्बाराही, काठमाडौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }