मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्पेनिस ला लिगा फुटबलमा अर्को जित दर्ता गर्दै उपाधि दावेदार क्लव रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा


  • माउन्टेन खबर
  • बिहिबार, असार ११, २०७७
  • 883
    SHARES

स्पेनिस ला लिगा फुटबलमा अर्को जित दर्ता गर्दै उपाधि दावेदार क्लव रियाल मड्रिड फेरि अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा मालोर्कालाई २-० गोल अन्तरले पराजित गर्दै रियालले बार्सिलोनासंग समान ६८ अंक बनाएको छ । तर हेड-टु-हेडको आधारमा बार्सिलोना भन्दा रियाल अगाडि छ ।

मालोर्का विरुद्धको खेलमा रियालका लागि भिनिसियस जुनियर र सर्जिओ रामोसले गोल गरे । जारी लिगमा रियालले अब सात वटा खेल खल्न बाँकी छ ।

यदी प्रतियोगिताको शिर्ष स्थानमा कायमै रहेमा रियालले २०१७ पछि पुनः ला लिगाको उपाधि जित्ने छ । ला लिगामा गए राती तीन वटा खेल भएका थिए । अन्य खेलमा भने ओसासुना र सेल्टा भिगो क्लव विजयी भए । ओसासुनाले लाभेसलाई १-० गोल अन्तरले हराउँदा सेल्टा भिगो रियाल सोसिडाडलाई १-० ले नै पराजित गर्दै विजयी भयो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)