शुक्रबार, बैशाख २८, २०८१

३० वर्षपछि लिभरपुलको हातमा ‘इंग्लिस प्रिमियर लिग’


  • माउन्टेन खबर
  • शुक्रबार, असार १२, २०७७
  • 348
    SHARES

लन्डन । लिभरपुलको इंग्लिस प्रिमियर लिग जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी चेल्सीको हातबाट २–१ ले पराजित भएपछि लिभरपुलले उपाधि जित्ने तय भएको हो ।

स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटी पराजित भएपछि लिभरपुलले लिग तालिकाका २३ अंकको उछिन्न नसकिने अग्रता कायम भएको थियो ।

लिभरपुलले अन्तिम पटक सन् १९८९–१९९० मा लिग जितेको थियो र त्यति बेला यो पुरानो पहिलो डिभिजन थियो । त्यसयता लिभरपुलको लिगमा भाग्य अस्ताएका थियो ।त्यसबीच म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी शक्तिका रूपमा अगाडि आएका थिए । व्यवस्थापक योर्गन क्लोपको नेतृत्वमा लिभरपुलले फेरि लिगमा आफ्नो बलियो उपस्थिति देखाउन थालेको थियो ।

गत सिजन दोस्रो स्थानमा रहेको लिभरपुलले उपाधि जितेको यो १९ औं हो र यससँग यससँग लिभरपुल म्यानचेस्टर युनाइटेडले जितेको २० लिग उपाधिको नजिक पनि पुगेको छ ।लन्डनमा भएको खेलमा चेल्सीलाई जित दिलाउन विलियनले ७८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । यसअघि चेल्सीले क्रिस्टियन पुलिसिचको गोलले ३६ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका तर्फबाट केभिन डे ब्रुनले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । अब लिगमा लिभरपुलको अर्को खेल म्यानचेस्टर सिटीविरुद्ध नै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }