सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्पेनी ला लिगामा बार्सिलोनाको झिनो आशा बाँकी


  • माउन्टेन खबर
  • सोमवार, असार २२, २०७७
  • 393
    SHARES

म्याड्रिड । बार्सिलोनाले आइतबार लयमा रहेको भिल्लारियललाई ४–१ ले हरायो । बार्सिलोनाले पउ टोरेसको आत्मघाती गोलमा अग्रता लिएको थियो । लगत्तै जेरार्ड मोरेनाले बराबरी गोल फर्काए । यो संगै स्पेनी ला लिगाको उपाधि होडमा बार्सिलोनाले आफ्नो झिनो आशा जारी राखेको हो ।

लियोनल मेसीको पासमा लुइस स्वारेजले दोस्रो गोल गरेका थिए । मेसीकै पासमा एन्टोइन ग्रिजमनले तेस्रो गोल थपे । अन्सु फातीको नाममा चौथो गोल रह्यो । बार्सिलोनाले प्राप्त गरेको उत्कृष्ट जितमा अगाडि खेल्ने तीन खेलाडी मेसी, स्वारेज र ग्रिजमन सबैको राम्रो योगदान रह्यो ।

यो जितसँगै ला लिगामा मेसीले गोलमा सहयोगी भूमिका खेलेको १९ पुगेको छ र यो एसिस्टको रूपमा सबैभन्दा बढी योगदान हो । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडको अग्रता फेरि चार अंकमा छोट्याएको छ । ३४ खेलबाट ७७ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा रहँदा समान खेलबाट बार्सिलोनाको ७३ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }