सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भक्तबहादुर ढकाल राष्ट्रिय खेलकूद परिषद्को कार्यवाहक सदस्य सचिवमा नियुक्त


  • माउन्टेन खबर
  • सोमवार, असार २२, २०७७
  • 603
    SHARES

राष्ट्रिय खेलकूद परिषद् (राखेप)कोकार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो ।

मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहनुभएका ढकाललाई आइतबारको मन्त्रीस्तरीय निर्णयानुसार सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।

राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी ढकाललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

नयाँ खेलकूद विकास ऐन बिहीबारदेखि लागू भएको थियो । खेलकूद विकास ऐन, २०४८ निष्कृय भएसँगै राखेपमा सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।

नयाँ ऐनमा सदस्य–सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ । समितिले योग्यता पुगेका व्यक्तिबाट सदस्य–सचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ ।

समितिबाट प्रस्तावित नाम मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषद्समक्ष पेश गर्नेछ । मन्त्रिपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई चार वर्षका लागि सदस्य–सचिवमा नियुक्त गर्ने नयाँ खेलकूद ऐनमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }