शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किए


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०७७
  • 401
    SHARES

काठमाण्डौ । सोमबार नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार ५ हजार ८ सय ४६ वटा पीसीआर परीक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमण मुक्त भएर निको हुनेको संख्या १० हजार नाघेको छ । कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्दा १० हजार २ सय ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ मा जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)