मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यान्चेस्टर युनाइटेड चेल्सीसँग पराजित


  • माउन्टेन खबर
  • सोमवार, साउन ५, २०७७
  • 574
    SHARES

लन्डन: म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएर चेल्सी इङ्ल्यान्डकाे सुप्रसिद्ध प्रतियाेगिता एफएकपको फाइनलमा पुगेको छ । अब फाइनलमा चेल्सीकाे भिडन्त आर्सनलसँग हुनेछ ।

फाइनल खेल अगस्ट १ मा वेम्बलीमा हुनेछ । निकै प्रतिस्पर्धात्मक खेलमा म्यान्यूका गोलरक्षक डेविड डि गाले गरेका दुइवटा भूलमा चेल्सीले दुई गोल गरेको थियो । चेल्सीका लागि ओलिभर जिरूड र मेसन माउन्टले गोल गरेका थिए ।

चेल्सीका लागि अर्को गोल म्यान्चेस्टरका प्लेमेकर ह्यारी मग्वायरको नाममा आत्मघाती रह्यो । म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट सान्त्वना गोल फर्काए । यससँग म्यानचेस्टरको लगातार १९ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)