मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम अन्तिम चरणमा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ९, २०७७
  • 347
    SHARES

ललितपुर। ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्त सम्म सक्ने लक्ष्य लिए पनि विश्वभरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मंसिरसम्म लम्बिएको छ ।

उमेर समूहका खेल देखी दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रुप लिँदै छ ।

३० करोड लगानीमा निमार्ण गर्नका लागिएको मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्यका साथ अहिले काम भइरहेको छ ।

मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माणको थालिए पनि त्यो सम्भव हुन सकेन । १२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाको ५ प्रतिशत काम मात्रै बाँकी रहेपनि कोरोनाका कारण मंसिर सम्मका लागि सरेको प्रोजेक्ट म्यानेजर महेश मंगल जोशीले बताउनुभयो । लक डाउनका कारण रोकिएको काम जेठ २२ गतेबाट सुरु भएको थियो । आयोजनाको म्याद मंसिरसम्म थप गरिएपनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

२०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्याराफिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ ।

बागमती नदिको किनार भएकाले वर्षा यामा बाढी रोक्न पर्खाल बनााइएको छ । अहिले उक्त क्षेत्रमा बागमतीको पानीले कटान गरेको छ भने मैदानमा बाढी पस्ने अवस्था छ । त्यसका राखेपले विपद व्यवस्थापन महाशाखा समक्ष २ करोड माग गरेको छ । निमार्ण सम्पन्न पछि राष्ट्रिय खेलकुद परिषदले रंगशाला व्यवस्थापनका लागि एन्फालाई प्रदान गर्ने तयारी छ । त्यसपश्चात एन्फाले एसियाली फुटबल महासंघको आर्थिक सहयोगमा फ्लड लाईट राख्ने सहमति एन्फासँग भएको छ ।

ग्रासरुटबाट फुटबल विकासका सहयोग पु¥याउने लक्ष्यका साथ मैदान निमार्णका लागि तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले प्रस्ताव अघि सार्नुभएको थियो । आयोजना सम्पन्न भए मैदानले दशरथ रंगशालामा निर्भर हुनु पर्ने अवस्था हट्ने विश्वास गरिएको छ । साथै घरेलु प्रतियोगिताका लागि एन्फा कम्लेक्स र रंगशालाको मात्र भर पर्नुपर्ने बाध्य पनि हट्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }