शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार नेपालमा ४ सय १८ जना नयाँ संक्रमित थपिए कूल संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो


  • माउन्टेन खबर
  • सोमवार, साउन १९, २०७७
  • 418
    SHARES

काठमाण्डौ। सोमबार नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड—१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६ सय ३७ पीसीआर परीक्षणमा परीक्षणमा ४ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

सोमबारसम्म ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म १४ हजार ९ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन ।

सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)