आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रूपान्तरण


  • माउन्टेन खबर
  • बुधबार, साउन २१, २०७७
  • 587
    SHARES

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। एनसेलले पब्लिक कम्पनी बनेसँगै सेयर निष्काशन गर्न पाउने भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेल अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको कम्पनीले जानकारी दिएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले श्रावण १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको छ । चुक्ता पुँजी  १० करोड रुपैयाँ रहेको एनसेलको सेयर अब सर्वसाधारणलाई बिक्री हुने बाटो खुलेको छ ।  एनसेलले बढीमा २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नेछ ।

कम्पनी रजिष्ट्रारको निर्णयसँगै प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब एनसेल आजियटा लिमिटेडले कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }