बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी ओलम्पिकका लागि महामारीको बीचमा पनि खेलाडीव्दारा अभ्यासलाई निरन्तरता


  • माउन्टेन खबर
  • शनिबार, साउन २४, २०७७
  • 625
    SHARES

काठमाण्डौ। कोरोना भाइरसले माहामारीको रुप नलिएको भए यति बेला छनोट भएका तीन (पौडी–२, एथ्लेटिक्स–१) तथा वाइल्ड कार्ड पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे । तर अहिले अवस्था फरक छ । पदक लक्ष्यका साथ नेपाली खेलाडी एक वर्ष पछि सरेको ओलम्पिकका लागि महामारीको बीचमा पनि अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

विश्व ओलम्पिकमा सहभागिता जनाउनका लागि कुनै पनि खेलाडीका लागि तीन माध्यम छन् । छनोट पार गर्ने, अनिवार्य सहभागी हुनुपर्ने र ‘वाइल्ड कार्ड’ मार्फता सहभागिता गर्ने पाउने प्रावधान छ । छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम ‘वाइल्ड कार्ड’ हो । नेपालले छनोट चरण पार गर्न निकै कठिन छ । ‘वाइल्ड कार्ड’ नेपालको सहभागिताको बाटो हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम ‘वाइल्ड कार्ड’का लागि सिफारिस गरिएको छ । वाइल्ड कार्डबाट प्रवेश गर्ने लक्ष्य सहित धकेलिएको समयलाई सदुपयोग गर्ने खेलाडी बताउँछन् ।

अनिवार्य सहभागी हुनुपर्ने पौडीबाट संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटिले मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ कांस्यपदक जितेकी गौरिका सिंह र पुरुषततर्फ उत्कृष्ट प्रदर्शन गरेका एलेक्स गाडेगार्ड शाहको नाम अन्तर्राष्टिय ओलम्पिक कमिटिलाई पठाइसकेको छ । सरकारले भदौ १ गतेतबाट प्रशिक्षण गर्न पाउने गरी निर्देशिका जारी गरेकाले सोही अनुसार प्रशिक्षण सुरु हुने कमिटीका उपाध्यक्ष चतुरानन्दा राजवैद्यले बताउनुभयो ।

१९६४ को टोकियो संस्करणदेखि गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरेको नेपालले १३ संस्करणमा सहभागिता जनाइसकेको छ । नेपालबाट एउटा संस्करणमा १६ जनासम्म खेलाडीले सहभागिता जनाएका छन् । अहिले सम्म छनोट पार गरेर ओलम्पिकमा संगीना वैद्य र दीपक विष्टले मात्र खेलेका छन् । ओलम्पिकमा छनोट चरणको प्रावधान लागू भएसँगै वाइल्डकार्डको माध्यम नै नेपाली खेलाडीको औपचारिक सहभागिता हो । समयअनुकुल अभ्यास, न्युन प्रतियोगिता आयोजना हुनु, खेलाडीमा अनुभवको कमी जस्ता कारणले नेपालको ओलम्पिक साँघुरिएको छ । यसबारेमा सम्बन्धित निकायले समयमा ध्यान जरुरी छ नत्र ओलम्पिक सहभागिता एकादेशको कथा जस्तै हुन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)