शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा १३४ संक्रमित थपिए, उपत्यकामा कूल संक्रमितको संख्या १३१४ पुग्यो


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २७, २०७७
  • 369
    SHARES

काठमाडौं । आज काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्। हालसम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)