शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न पत्राचार


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०७७
  • 816
    SHARES

काठमाण्डौ ,१० भदौ। सरकारले देशभरीका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ ।

कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका विरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न पत्राचार गरिएको हो ।

सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० मा गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

१० दिनपछि गरिएको परीक्षण पोजेटिभ आएपनि लक्षण नभएका सामान्य लक्षण मात्रै भएका विरामीलाई थप ४ दिन अस्पतालमा राखेर १४ औं दिन परीक्षण नगरी डिस्चार्ज गर्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले गरेको पत्राचार अनुसार विरामी डिस्चार्ज नभएमा सरकारले सोधभर्ना नव्यहोर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)