बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

के तपाईं रेष्टुरेन्टमा खानुहुन्छ ? तपाइँलाई संक्रमणको दर दोब्बर हुनसक्छ !


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 402
    SHARES

काठमाडौं,३० भदौ । रेष्टुरेण्टमा खाना खाने मानिसहरुमा कोरोना भाइरसबाट संक्रमित हुने खतरा अरु मानिसमा भन्दा दोब्बर हुने खुलासा भएको छ । अमेरिकामा गरिएको एक अध्ययनमा सो तथ्य पाइएको हो ।  अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को रिपोर्टअनुसार रेष्टुरेण्ट र बारमा खाना खाँदा कोरोनाभाइरस संक्रमणको खतरा बढ्छ । सीडीसीको रिपोर्टअनुसार बसमा यात्रा गर्ने, कार्यालय जाने, जिम जाने भन्दा तुलनात्मक रुपमा रेष्टुरेण्टमा खाँदा संक्रमित हुने खतरा बढी हुन्छ ।

डेलीमेलका अनुसार अमेरिकाका विभिन्न शहरले रेष्टुरेण्ट र बार खोल्ने तयारी गरेकै बेला यो रिपोर्ट सार्वजनिक भएको हो । रिपोर्टमा अनुसार न्यूयोर्क शहरले लामो समयसम्म प्रतिबन्ध लागू गरेपछि अब ३० सेप्टेम्बरदेखि कूल क्षमताको २५ प्रतिशत मानिस मात्र बस्न पाउने गरी इनडोर रेष्टुरेण्ट खोल्न अनुमति दिएको छ । उता फलोरिडाका बारहरु कूल क्षमताको ५० प्रतिशत बस्न पाउने गरी सोमबारदेखि खुल्दैछन् ।

सीडीसीले कोरोनाको जाँच गराउने ३१४ जनामा एक अध्ययन गरेको थियो । रिपोर्टका अनुसार रेष्टुरेण्ट जाने ४१ प्रतिशत मानिसहरु पोजेटिभ पाइए । बितेका १४ दिनमा बार वा कफी शप गएकाहरुमध्ये ७० प्रतिशत पोजेटिभ पाइए । केही महिना पहिलेसम्म अमेरिकाका ४२ राज्यका रेष्टुरेण्टमा खान प्रतिबन्ध थियो तर अब धेरैजसो राज्यले शर्तका साथ अनुमति दिएका छन् । अमेरिकामा ६७ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । १ लाख ९८ हजार ५ सयको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }