शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस,अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुग्यो


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ८, २०७७
  • 962
    SHARES

काठमाडौं,८ असोज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । बैठकले संक्रमणदर बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसाय १ महिनासम्म नखोल्न सिफारिस गरेको पनि गौतमले बताए ।

२५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न असहज हुने भएकाले लकडाउन गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)