शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आज कोरोनाबाट १७ जनाको मृत्यु ,१४ सय ९७ नयाँ संक्रमित थपिए


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ८, २०७७
  • 280
    SHARES

काठमाण्डौ,८ असोज।
कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षिया महिला र ८४ वर्षिय पुरुष, काठमाडौंमा ८२ वर्षिया महिला र ७५, ७९ र ८० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षिय, धनुषामा ६८ र ७० वर्षिय, रौतहटमा ६५ वर्षिय, तनहुँमा ३९ वर्षिय, दाङमा ३९ वर्षिय, कपिलवस्तुमा ५० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

आज १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र  ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ७, प्रदेश नम्बर २ मा ९ सय ८४, बागमती प्रदेशमा ५ हजा ३ सय ९ र गण्डकी प्रदेशमा ६ सय ३० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ४२, कर्णाली प्रदेशमा २ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ६१ जना गरी देभरी संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना संक्रमित रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७७, प्रदेश नम्बर २ मा ६ सय ४३, बागमती प्रदेशमा ५ हजार ५ सय ३६ र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८६, कर्णाली प्रदेशमा २ सय ३३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ९ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।
आइसियुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।

आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बागमती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८  जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५
कर्णाली प्रदेशमा २ हजा ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }