शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट थप ६ जनाको मृत्यु ,आज थप १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिए


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ९, २०७७
  • 398
    SHARES

काठमाण्डौ,९ असोज।
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना रहेका छन । मोरङमा ६० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै सप्तरीमा ७० वर्षिय पुरुष, ललितपुरमा ५१ वर्षिय पुरुष, काठमाडौंमा ७५ वर्षिया महिला र कपिलवस्तुमा ७० वर्षिया महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

नेपालमा आज थप १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५३ र पुरुष ८ सय ६० जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

आज १ हजार ४ सय ५५ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । आइसियुमा २ सय २७ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन । देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ पुगेको छ । आज देशभरीका संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ र होम आइसोलेसनमा १० हजार ५२ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }