बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड—१९ बाट थप ८ जनाको मृत्यु ,आज थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 815
    SHARES

काठमाण्डौ,१० असोज।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । नेपालमा कुल संक्रमितको संख्या आजसम्म ७१ हजार ८ सय २१ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ४७, प्रदेश नम्बर २ मा ८ सय ७९, बागमती प्रदेशमा ४ हजार ९ सय ९९ र गण्डकी प्रदेशमा ५ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ५ सय २ गरी देशभरी ७ हजार ८ सय ३३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७०, प्रदेश नम्बर २ मा ७ सय ४२, बागमती प्रदेशमा ५ हजार ८ सय ८० र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ जहार ६ सय ७८, कर्णाली प्रदेशमा २ सय २४ र सुदूरपश्चिम प्रदेशमा १ सय ५४ जना गरी देशभरी १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन । २ सय २४ जना आइसियु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।

आज १ हजार १ सय ४७ जना संक्रति डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६,  कर्णाली प्रदेशमा २ हजार ८ सय ४० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ५९ गरी ५३ हजार १३ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }