शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

मंगलबार १५ सय १३मा कोरोना संक्रमण, १० को मृत्यु

काठमाण्डौ उपत्यकामा तिब्र संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 266
    SHARES

 काठमाडौं, १३ असोज ।  कोरोना भाइरस (कोभिड १९) बाट आज थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ८ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला, ६० र ७० वर्षिय पुरुष रहेका छन । भने बाँकेमा ७६ वर्षिया बृद्धा, ५३ र ३९ वर्षिय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षिय पुरुष, सर्लाहीमा ७२ वर्षिया महिला, महोत्तरीमा ५८ वर्षिय पुरुष र चितवनमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

आज १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएको मा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ ।  उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ गरी देशभरी ९ हजार ६ सय ८९ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना संक्रमित रहेका छन । यस्तै प्रदोश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र  सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरी १० हजार ७ सय ७ जना संक्रमण होम आइसोलेसनमा रहेका छन ।
आज ७ सय ३१ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ७०, प्रदेश नम्बर २ मा १३ हजार ५ सय ६३, बागमती प्रदेशमा १५ हजार ३ सय ११ र कर्णाली प्रदेशमा ३ हजार २ सय ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ५ सय ७१ कर्णाली प्रदेशमा २ हजार ८ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सुय ८९ जना गरी ५५ हजर ३ सय ७१ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }