बुधबार, अशोज १९, २०७९

विश्व मुटु दिवस

धुमपान त्यागे हृदयघात हुने सम्भावना आधा कम


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 261
    SHARES

काठमाण्डौ,१३ असोज।  धुमपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुने चिकित्सकहरुको भनाई छ  ।

विश्वको तथ्याङ्क अनुसार प्रति १० जनामा १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको भन्दै चिकित्सकहरुले धुमपान त्यागेको एक वर्षमा हृदयघातको सम्भावना आधाले कम हुने बताएका हुन ।

विश्व मुटु दिवसका अवशरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा. मुरारी ढुंगानाले ३० देखि ७० वर्ष उमेर समूहमा प्रति १० जनामध्ये १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको बताउनुभयो । मुत्युको प्रमुख कारणमध्ये मुटुरोग पनि एक भएकाले जनचेतना बढाउन आवश्यक रहेको उहााले बताउनुभयो । उहाँले धुमपान त्यागेको १२ महिनामा हृदयरोग हुने सम्भावना आधा कम हुने बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव प्रदीप ज्ञवालीले गंगालाल हृदयरोग केन्द्रले अनुसन्धानका काम अगाडी बढाउनुपर्ने बताउनुभयो । छुट्टै विभाग बनाएर रिसर्चका काम अघि बढाए परिषदले सहयोग गर्ने उहाँले बताउनुभयो ।

केन्द्रले लक डाउन सुरुभएदेखि असोज १० गतेसम्म करिब साढे ६ हजार विरामीलाई आकस्मिक सेवा प्रदान गरेको छ । कोभिड १९ संक्रमण जोखिमका बीच गत चैत १२ गतेबाट असोज १० गतेसम्म केन्द्रले ६ हजार ४ सय ६१ जनालाई आकस्मिक सेवा प्रदान गरेको हो । केन्द्रको अन्तरंग विभागमा १ हजार ८ स ५१ जना विरामी भर्ना भएको अस्पतालले जनाएको छ ।

यसैगरी प्राइमरी एन्जियोप्लाष्टि १ सय ७६, परमानेन्ट पेशमेकर ९, कोरोनरी एन्जियोग्राफी ५ सय ८७ र कोरोनरी एन्जियोप्लाष्टि २ सय ५३ जना गरी क्याथ ल्याब प्रोसिड्युर सेवा १ हजार २ सय २९ जनाले लिएको केन्द्रका कार्डियोलोजी विभागका रजिष्टार कुन्जन शेर्पाले बताउनुभयो ।

कोभिडका कारण विगत वर्षहरुमा जस्तो कार्यक्रम गर्न नपाइएपनि दिवसका अवशरमा आज जनचेतना जगाउन उद्देश्यले नेपाल हार्ट नेटको सहकार्यमा विहान ७ः३० बजे माइतिघरबाट कोटेशवरसम्म सचेतनामुलक कार ¥याली गरेको छ ।

कोरोना संक्रमणकाबीच विरामीको उपचारमा संलग्न कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई अस्पतालले सम्मान गरेको छ । आज सेप्टेम्बर २९, विश्व मुटु दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । नेपालको कुल जनसंख्या मध्ये करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमानित तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ