शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोप

रसियाले नेपाललाई अढाई करोड डोज कोरोना भ्याक्सिन दिने


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 322
    SHARES

काठमाडौं,१४ असोज। रसियामा कोरोनाभाइरसको खोप निर्माणमा संलग्न रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले नेपाललाई २ करोड ५० लाख डोज स्पुतनिक भी नामको कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालमा यो खोप ट्रिनिटी फर्मास्युटिकल्स मार्फत उपलब्ध हुनेछ ।

फन्डले अरु देशलाई पनि यो खोप उपलब्ध गराइरहेको छ । भारतमा फन्डले १० करोड डोज खोप उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको बताइसकेका छन् ।

नेपाललाई उपलब्ध गराइने खोप क्लिनिकल ट्रायलका रुपमा पनि प्रयोग गरिने छ ।

 

रसियामा केही वरिष्ट अधिकारी र राजनीतिक नेताहरुले यो खोप लिइसकेका छन् र राष्ट्रपति पुटिनले पनि आफ्नी एक छोरीले यो खोप लगाएको बताएका छन् ।

यद्यपी यो खोप कहिले नेपालमा आपूर्ति र वितरण हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । नेपाल सरकारले पनि यस खोपका बारेमा केही बताएको छैन ।

ट्रिनिटी फर्मास्युटकल्सका निर्देशक किशाेर अधिकारीले नेपाल सरकारले अनुमति दिनासाथ नेपालमा स्पुतनिक खाेप वितरण शुरू हुने फन्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }