बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

१५ सय ५९ जना कोरोना संक्रमित थपिए,७को मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 272
    SHARES

काठमाडौं,१४ असोज ।    कोरोना भाइरस (कोभिड—१९) बाट थप सात जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा ६० वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष, सप्तरीमा ३९ वर्षिय पुरुष र रुपन्देहीमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा आजसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

आज नेपालमा १५ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । आज १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा ५ सय ८२ महिला र ९ सय ७७ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ९७,  ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

आज १ हजार ५७ जना गरी आजसम्म देशभरी ५६ हजार ४ सय २८ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।
आज आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र  होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको छ ।

यसैबीच मन्त्रालयले पीसीआर परीक्षणको शुल्क समायोजनका लागि विभिन्न प्रयोगशालाहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआ परीक्षणको शुल्क २४ घण्टाभित्र समायोजन गर्न निर्देशन दिनुभयो । २४ घण्टाभित्र मुल्य समायोजन नभए अनुमित खारेज गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }