बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो,आज देशभरी १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 231
    SHARES

काठमाण्डौ,१५ असोज। नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।

आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा चारजना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७८ र ६८ वर्षिय पुरुष, भक्तपुरमा ४८ वर्षिय र ललितपुरमा ४८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरी र रुपन्देहीमा तीन — तीन जनाको मृत्यु भएको छ । सुनसरीमा ५६, ५० र २७ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ८०, ५५ र ४२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी १ हजार ९ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ८ स १७, ललितुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ ।

संस्थागत आइसोलेनमा प्रदेश नम्बर १ मा ४ सय १३, प्रदेश नम्बर २ मा ५ सय ९२, बागमती प्रदेशमा ७ हजार ६ सय ८८ र गण्डकी प्रदेशमा ४ सय ८१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदुरपश्चिम प्रदेशमा ३ सय ८८ गरी देशभरी १० हजार ७ सय ६१ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय, प्रदेश नम्बर २ मा ५ सय ८३, बागमती प्रदेशमा ६ हजार ६ सय ४७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ८१, कर्णाली प्रदेशमा २ सय ६५ र सुदुरपश्चिम प्रदेशमा १ सय ६१ गरी देशभरी ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन ।

आज ९ सय ६१ डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार १ सय २४, प्रदेश नम्बर २ मा १३ हजार ८ सय ९८, बागमती प्रदेशमा १६ हजार ९० र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९  जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ९ सय ११, कर्णाली प्रदेशमा २ हजार ९ सय ६८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार १९ जना गरी आजसम्म ५७ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }