आइतवार, बैशाख २३, २०८१

कोरोना कहर

प्रधानमन्त्रीका सल्लाहकार र निवासको सुरक्षामा खटिएका सेनामा कोरोना सङ्क्रमण


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 502
    SHARES

काठमाण्डौ,१७ असोज।  प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण भएको छ ।

शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उहाँहरुको आज रिपोर्ट पोजेटिभ आएको बताइएको छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, प्रधानमन्त्री निवासमा खटिएता पनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका सुरक्षाकर्मीको स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }