शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

नेपाली कांग्रेसका गगन थापा सहित ३ केन्द्रीय सदस्यमा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 664
    SHARES

काठमाण्डौ,१७ असोज।    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य तथा सांसद गगन थापा र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाली कांग्रेसले पार्टी कार्यालयमा दुई दिन अधि केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो। शनिबार रिपोर्ट आउँदा ३ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो।

केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सामाजिक संञ्जाल मार्फत आफुमा संक्रमण देखिएको पुष्टि गर्नु भएको छ।

असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पिसिआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु’ थापाले  फेसबुकमा लेख्नु भएको छ।, यसबीचमा आफ्नो सम्पर्कमा रहनुभएका सबैलाई सजगता अपनाउन  र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्न समेत नेता थापाले अनुरोध गर्नु भएको छ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)